काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा गाँजा निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले त्यसक्षेत्रमा आइतबारदेखि गाँजा, भाङ, धतुरो जस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको हो ।

मन्दिर वरपर आश्रय लिइरहेका साधुहरुलाई गाँजा सेवनमा छुट दिँदा युवाहरु समेत कुलतमा फस्न थालेपछि नशालु पदार्थ प्रतिबन्द गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।

सदस्यसचिव ढकालका अनुसार अबदेखि त्यहाँ बसेर नशालु पदार्थ नियम उल्लघन गर्नेलाई कारवाही गरिनेछ । त्यसको लागि प्रहरी परिचालन गरिएको छ ।

कोषले महाशिवरात्रीमा समेत पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न आग्रह गरेको छ । यसअघि महाशिवरात्रीमा युवाहरुले पशुपति पुगेर साधुबाट गाँजा सेवन गर्थे ।

Comments

comments