एजेन्सी । मेक्सिकोमा फुटबल हेरिरहेका दर्शकलाई लक्षित गरी गोली प्रहार हुँदा सात जना दर्शकको मृत्यु भएको छ ।

टोपी लगाएका चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए । फुटबल हेरिरहेका २० जनालाई बन्धुकधारीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई जानकारी दिएका छन् ।

पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमा जस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ । सन् २००६ बाट सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएपनि मेक्सिकोमा हिंसाको अन्त्य हुन सकेको छैन ।

Comments

comments