काठमाडौं। प्रदेश सरकार निर्माणमा नेकपा एमाले र माओवादी केन्द्रको भागबण्डा टुंगिएको छ । प्रदेश सरकार निर्माणको लागि गठित कार्यदलले दिएको सुझावको आधारमा भागबण्डा छिनोफानो भएको हो ।

भागबण्डा अनुसार प्रदेश नम्बर १ देखि ५ सम्मको् मुख्यमन्त्री एमालेको भागमा परेको छ । माओवादी केन्द्रले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको छ । मन्त्रीमण्डल ७०, ३० अनुपातमा बनाउने निर्णय भएको छ ।

प्रदेश नम्बर ४ र ५ को सभामुख माओवादी केन्द्रले पाएको छ । अन्य प्रदेशमा एमालेकै सभामुख हुनेछ । उपसभामुखको टुंगो भने लागि सकेको छैन ।

Comments

comments