काठमाडौँ । पछिल्लो समयकी व्यस्त नायिका प्रियंका कार्की र कार्टुन्ज क्र्युका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको एउटा गीत युट्युबको ट्रेन्डिङमा परेको छ । ‘माछीले खाने खोलीको लेउ’ बोलको गीत नेपालको ट्रेन्डिङको नम्बर १ मा परेको हो । दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा सरोज ओली र मेलिना राईले स्वर भरेका छन् । गीत उदयराज पौडेलको एरेन्जमा तयार भएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो ९ लाख ९२ हजार पटक हेरिसकिएको छ । २४ हजार लाइक र १ हजार डिसलाइक रहेको गीतको भिडियोमा १ हजार ८ सय ७५ कमेन्ट आएका छन् ।

Comments