मेलबर्न। अष्ट्रेलिया मेलबर्नमा यति कंडेल कन्सल्टेन्सी कप २०१८ हुनेभएको छ। यति फुटबल क्लब र कंडेल कन्सल्टेन्सीको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

अष्ट्रेलियामा बस्ने नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनको लागि निरन्तर लागिरहेको यति फुटबल क्लबले प्रत्येक वर्ष नेशनल च्याम्पियनशिप आयोजना गर्ने गर्छ । त्यही नेशनल च्याम्पियनशिपको यो आठौँ संस्करण हो ।

यस प्रतियोगितामा अष्ट्रेलियाभरबाट १६ टिम सहभागी हुनेछन्। आयोजकका अनुसार, कार्यक्रममा ३५ वर्षभन्दा माथिका खेलाडीहरुको आठ वटा टिम समेत खेल्नेछन् । बालबालिका मैत्री हुने कार्यक्रममा बालबालिकाको ससर क्लिनिक र महिलाहरुको पेनाल्टी सट पनि हुनेछ।

आगामी १० र ११ तारिखमा हुने यस प्रतियोगिता Clifton Park Brunswick , Victoria St, Melbourne मा हुनेछ ।

Comments

comments