काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भारतको प्रतिष्ठित क्रिकेट लिग खेल्ने भएका छन् ।

इन्डियन प्रिमियर लिग आइपीएलको आगामी संस्करणमा लामिछानेले खेल्ने पक्का भएका हुन् । उनले दिल्ली डेयरडेभिल्स क्लबबाट खेल्नेछन् । अक्सनमा राखिएका लामिछानेलाई लिन दिल्ली डेबिल्स इच्छुक भएपछि आइपीएलमा उनले खेल्ने पक्का भएको हो । दिल्ली डेयरडेभिल्सले लामिछानेलाई भारु २० लाखमा किनेको हो ।

योसँगै क्षेत्री आइपीएल खेल्न पाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।क्रिकेटर लामिछानेले सन् २०१६ मा अष्ट्रेलियाका पूर्व टेस्ट कप्तान माइकल क्लार्कको क्लबबाट समेत खेलेका थिए । युवा लेग स्पिनर लामिछानेले क्लार्कको एकेडेमीबाट झण्डै पाँच महिना खेलेका थिए ।

Comments