काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदैछ । उम्मेदवारको नामावली साँझ ५ बजेसम्ममा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रम अनुसार भोली दिउँसो १ बजेदेखि २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको छ भने भोलि नै ३ देखि ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ ।

भोलि नै अपरान्ह ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म बहुमतिय र एकल संक्रमणीय प्रणालीका आधारमा हुनेछ ।

Please follow and like us:

Comments