एजेन्सी । हलिउड अभिनेत्री प्रियंका चोपडालाई राज्यलाई तिर्नु पर्ने करछी गरेको अरोप लागेको छ ।

चेपडाले ६७ लाख मुल्यको समान खरिदमा कर नतिरेको भन्दै कर कार्यालयले उनको नाममा पत्र काटेको हो । पत्रमा कार्यालयले उनलाई कर तिर्न आग्रह गरेको छ ।

कर कार्यालयले पत्र काटे पछि प्रियंकाले भने, उक्त सामान आफूले उपहारस्वरुप पाएकोले कर नतिरेको बताइकी छन् । तर कर कार्यालयले भने उक्त सामान महंगो भएकाले उपहारमै पाएको भए पनि कर तिर्न आग्रह गरेको छ ।

कर कार्यालयले सन २०११ मा प्रियंकाको घरमा छापा मार्दा एउटा महँगो घडी र कार फेला पारेको थियो । ती दुवै समानको उनले कर तिरेकी थिएनन् । प्रियंकाले भने दुवै समान उत्पादक कम्पनीले उपहार दिएको बताएकी थिइन् ।

Comments

comments