काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारमाथि परेका दाबी विरोध उजुरी उपर निर्णय लिँदैछ । केही उजुरी दर्ता भएका र त्यसको तथ्यांक लिने काम भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारविरुद्ध परेका दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आयोगले गएको बुधबार उम्मेदवारी दर्ता गएका ८३ जना उम्मेदवारमाथि दाबी विरोध भए त्यसको उजुरी दर्ता गर्नका लागि बिहीबार र शुक्रबारको समय दिएको थियो । यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ८३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यकरअपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । २४ गते हुने निर्वाचनबाट सात प्रदेशबाट ५६ जना निर्वा्चित हुनेछन् ।

तीनजना भने मन्त्रीपरिषदको सफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

Comments

comments