काठमाडौं । साम्राज्ञी गाउँले बन्न नमान्दा फिल्म स्वस्तिमाको पोल्टामा परेको छ । निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माको निर्माण निर्देशनमा बन्ने ‘अनटाइटल’ फिल्ममा स्वस्तिमा आवद्ध भएकी हुन् ।

सिने संचारहरुका अनुसार उक्त प्रोजेक्टको लागी सुरुमा ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो । तर फिल्मको कथावस्तुमा अभिनेत्री गाउँले भेषमा प्रस्तुत हुनपर्ने देखिएपछि साम्राज्ञीले अस्विकार गरेकी थिइन् । त्यसपछि स्वस्तिमाले साम्राज्ञीको स्पेस लिएको श्रोत बताउँछ ।

फिल्म फ्लोरमा जाने मिति बाहिर ल्याइएको छैन् । तथापी निर्माण टिमले अर्को बर्षको बडा दशैँको अबसरमा फिल्म रिलिज गर्ने निर्णय गरिसकेको छ । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । खगेन्द्र यो फिल्ममा लिड अभिनयमा पनि रहनेछन् भने खगेन्द्र र स्वस्तिमासँगै सौगात मल्ल मुख्य भुमिकामा रहने तय भइसकेको बताइएको छ ।

Comments

comments