मेलबर्न । अष्ट्रेलियामा नदीमा डुबेर अमित राईको निधन भएको छ। गर्मी छल्नको लागि बुधबार ह्युम नदीमा साथिहरुसंग पौडी खेल्न पुगेका उनको निधन भएको हो ।

भुटानी मूलका २४ वर्षीय अमित राई झापाको शिविरबाट पुनर्वास कार्यक्रम अन्तर्गत अष्ट्रेलिया आएका थिए । अडेलेड़मा बस्दै आएका उनी न्यु साउथ व्हेल्समा रहेका आफ्ना ठूलोबुवाको घरमा गएको समयमा घटना घटेको हो । पांच साथीहरु संग गएका उनी पौडिन नजानेका कारण साथीहरुले किनारमा बस्न भन्दा भन्दै पनि नदीमा गएका कारण दुर्घटना भएको बताइएको छ ।

छ महिना अघि दिदिसंग अष्ट्रेलिया आएका अमितका बुवा नेपालमा छन् भने पुनर्वास कार्यक्रम अन्तर्गत नै अमितकी आमा अमेरिकामा छिन्।

तिव्र खोजी कार्य पश्चात बुधबार दिउँसो २ बजे आसपासको समयमा भेटिएको उनको शवलाई अष्ट्रेलियामै दाहसंस्कार गरिनेछ ।

Comments

comments