काठमाडौं। वीरगञ्जमा भारतले सीमा मिचेको बिषयमा सरकारले गम्भीर रुपमा लिएको छ । सीमामा भारतले गरेको ज्यादतिप्रति देशव्यापी विरोध हुन थालेपछि सरकार गम्भीर बनेको हो ।

वाम गठबन्धन निकट विद्यार्थी संगठनले बीरगंजको छपकैयामा भारतले सीमा मिचेको स्थलगत प्रतिवेदन विहीबार सरकारलाई बुझाएको छ । विद्यार्थीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्जको छपकैयामा भारतले सीमाना मिचेको बिषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

अहिले सबैतिरबाट सीमा मिचेको कुरा उठिराखेको छ’ , प्रधानमन्त्री देउवाले भने, ‘त्यस बारेमा सरकारले अध्ययन गरेर समाधान गर्छ । नेपालको भूमि एक इन्च पनि मिच्न दिन्नौ । ’

विद्यार्थीले बुझाएको प्रतिवेदनमा छपकैयामा भारतले ५० विगाहा भन्दा बढी नेपालको भूभाग मिचेको उल्लेख छ । पछकैयामा सीमा मिचिएको सार्वजनिक भएपछि अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीका नेताको टोली स्थलगत अवलोकन लागि गत माघ ६ गते त्यहाँ पुगेको थियो ।

Comments

comments