सिड्नी। अष्ट्रेलियाको सिड्नीको रेलसेवा कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । बिहिबार अपरान्ह अष्ट्रेलियाको श्रम सम्बन्धि निकाय फेयर वर्कले कर्मचारीहरुको मागलाई सम्बोधन गरेपछि आन्दोलन फिर्ता भएको हो ।

सरकारको आग्रहमा फेयर वर्कले ओभरटाइमको प्रतिबन्धमा परेका कर्मचारीहरु विरुद्धको कारबाही छ हप्ता नगर्ने निर्णय गरेको छ। जसले गर्दा २९ तारिखमा गरिने भनिएको आन्दोलन समेत फिर्ता भएको छ ।

घोषणा गरिएको आन्दोलनले अष्ट्रेलियाको अर्थतन्त्रमा ९ अर्ब अष्ट्रेलियन डलर घाटा हुने अनुमान गरिएको थियो ।

Comments

comments