मेलबर्न । एनआरएनए अष्ट्रेलियाको ‘कलेक्टिभ इन्भेस्टमेन्ट’ को संयोजकमा रमेश छत्कुली चयन हुनुभएको छ । एनआरएनएको अघिल्लो कार्यकालमा यस समिति अन्तर्गत सह-संयोजकको पदभार कुशलता पूर्वक सम्हाल्नुभएका छत्कुली अबको दुई वर्षे कार्यकालको लागि संयोजक पदमा चयन हुनुभएको हो ।

कलेक्टिभ इन्भेस्टमेन्ट टास्कफोर्स अर्थात संयुक्त पूजी व्यवस्थापन देश बाहिर बसेकाहरुलाई नेपालमा लगानी गर्नको लागि प्रोत्साहन गर्ने, लगानी सम्बन्धि विभिन्न कार्यक्रम गर्ने तथा सामूहिक रुपमा लगानी जम्मा गरेर त्यसको व्यवस्थापन गर्ने कार्यसंग सम्बन्धित रहन्छ । एनआरएनए अष्ट्रेलियाको यस समितिमा संयोजकमा रमेश छत्कुली संगै, सह-संयोजकमा न्यु साउथ व्हेल्सबाट कृष्ण निरौला, सचिवमा क्विन्सल्याण्डबाट रितम्भ थापा र सदस्यहरुमा राज कुमार थपलिया, आशिष भण्डारी, सुवास बस्नेत, सब्बु महर्जन, नवराज मुडवरी, सुनिल मैलानी, प्रेम प्रसाद कंडेल, कमल लामिछाने, सोवित प्रधान, चिरन्जीवी तिवारी, दीपक पराजुली, अमित गिरि र बुद्धि डल्लाकोटी चयन हुनुभएको छ ।

नेपालको धादिङ्गमा जन्मिएर हाल अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गरिरहनुभएका संयोजक छत्कुलीले विगत पांच वर्षदेखि मेलबर्नमा बिजनेस कन्सल्टेन्टको रुपमा LARN Group Accountants & Advisors नामक व्यवसाय संचालन गरिरहनुभएको छ । व्यवसायसंगै उहाँ सामजिक काममा समेत सक्रिय हुनुहुन्छ।

Comments

comments