रुपन्देही । तिलोत्तमा नगरपालिकास्थित जानकीनगरमा ट्रिपरको ठक्करबाट विहीबार एक वृद्धाको ज्यान गएको छ ।

जेब्राक्रसबाट सडक पार गरेकी स्थानीय विष्णुकुमारी भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।

घटनापछि आक्रोशित बासिन्दाले ठक्कर दिएको ट्रिपर जनाएका छन् । अन्य ३ वटा ट्रिपर समेत तोडफोड भएको छ ।

Comments