नेपाली अष्ट्रेलियान युथ एशोसिएसन नायाको आयोजनामा हुन लागेको बास्केटबल लिग टुर्नामेन्टको लागि हाल धमाधम दर्ता प्रक्रिया चलिरहेको छ ।

नेपाली समाजमा लोकप्रिय बन्दै गएको बास्केटबल खेललाई युथ एशोसिएसनले फेरि निरन्तरता दिन लागेको हो । हालै सम्पन्न एक दिवसिय खेलको अपार सफलतापछि हौसिएको नायाले माछा पुच्छ्रे क्लबले आयोजना गरेको 1st Bizz Basketblla League Tournament मा पनि सहयोगी भूमिका खेलेको थियो । यही अक्टुर ५ देखि शुरु हुने उक्त बास्केटबल टुर्नामेन्ट ३ महिना सम्म चल्ने छ ।

त्यसैले हाल टुर्नामेन्टका लागि इच्छुक क्लब र खेलाडीहरुबाट रजिस्ट्रेसन आव्हान गरिएको छ । इच्छुकहरुले अक्टुबर २७ सम्ममा रजिस्ट्रेशन गर्न सक्नेछन् । त्यसका लागि दर्ता शुल्क ५०० डलर तोकिएको माछापुच्छ्रे क्लबले जनाएको छ ।

Comments

comments