मेलबर्न । नेपालीहरु विदेशमा रहेर पनि आफ्नो समुदाय र जन्मठाउँको लागि सक्रिय रुपमा लागिरहेका छन् । अष्ट्रेलियामा बसोवास गर्ने निल थपलिया त्यसै व्यक्तिहरुमध्ये एक हुनुहुन्छ।

नेपालमा चितवन घरभएका थपलिया अष्ट्रेलियाको पर्थका लागि नेपाल सरकारको अवैतानिक दुत, एनआरएनए बिजनेस फोरमको भोइस को-अर्डिनेटर, जेएसएस पर्थको अध्यक्ष आदि पदमा रही काम गर्दै आनुभएको छ । सन् २००८ मा अष्ट्रेलिया आउनुभएका थपलियाको रेष्टुरेन्ट व्यवासय समेत छ। आफ्नो व्यवसाय संगै सामजिक कामको यात्रालाई उहाँ यसरि बताउनुहुन्छ, ” म पहिले सिंगापुर र त्यसपछि बेलायत बसें। त्यहाँ पनि मैले सामाजिक काम गरिरहन्थें। किनभने मलाई सानैदेखि मेरो बुवा र हजुरबुवाले गर्नुभएको समाजसेवाको त्यो छाप बसेको थियो । जसले गर्दा अष्ट्रेलियामा आएर पनि मैले आफ्नो त्यो स्वभाव र कामलाई छोड्न सकिन। म कुनै एउटा क्षेत्रमा मात्र नभएर आवश्यकता भएको जुनसुकै क्षेत्रमा पनि काम गर्छु।”

अष्ट्रेलियामा आउने नयाँ विद्यार्थी, काम खोज्दै गरेका युवा र सहयोगको आवश्यकता परेका जोसुकैलाई सहयोग गर्ने उहाँलाई सामाजिक संजाल, फोन वा अरु कोही व्यक्तिमार्फत सहयोगको लागि आग्रह गर्न सकिने र त्यसले आफूलाई खुशी बनाउने थपलिया बताउनुहुन्छ। व्यवसायिक जीवन, विभिन्न संघसंस्थाको प्रतिनिधित्व आदिले गर्दा व्यस्त दैनिकीका बावजुद पनि सहयोगको लागि सधै तयार रहने उहाँले यसरि आफ्ना देशका दाजु-भाइ, दिदि-बहिनीलाई सहयोग गर्न पाउँदा गर्व लाग्नुका साथै आत्मसन्तुष्टि मिल्ने बताउनुहुन्छ ।

अबको योजनाबारे राखिएको जिज्ञासामा थपलिया भन्नुहुन्छ, ” मेरो व्यवसायिक यात्रा त छँदै छ। व्यवसायिक यात्रामा हिंड्दा समाजसेवाको पाटोलाई पनि भुल्न सक्दिन। त्यसैले व्यवसाय संगै समाज सेवाको कामलाई पनि सधै संगै लैजानेछु।”

Comments

comments