सिड्नी । अष्ट्रेलियाको सिड्नी सहरको रेल सेवा भोलीदेखि अस्तव्यस्त हुने भएको छ। कर्मचारीको आन्दोलनका कारण बिहिबारदेखि रेलसेवा प्रभावित हुने भएको हो।

कर्मचारीहरुले तलब तथा सेवा सुविधाको माग गर्दै केही समयदेखि आन्दोलन गर्दै आएका छन्। सरकारले आन्दोलन गरिरहेका उनीहरुलाई सेवा सुविधा बढाइदिने प्रस्ताव राखेको छ । तर, कर्मचारीहरुले भने आफूहरु सन्तुष्ट हुन नसक्ने गरि वृद्धि प्रस्ताव गरिएको भन्दै प्रस्ताव अस्विकार गरेका छन् । जसको असर रेल सेवामा पर्ने भएको छ ।

यही कारण सिड्नीमा भोलिदेखि निकै कम मात्रामा रेल चल्ने बताइएको छ । न्यु साउथ व्हेल्स यातायातले यात्रुलाई आफ्नो समय तालिका हेरफेर गर्न आह्वान गरेको छ ।

 

Comments

comments