मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक नेपाली डेन्टल संचालनमा आएको छ । गत २० जनवरीमा ५९९ सायस् रोड होपरस् क्रसिङ्गमा नेपाली डाक्टरको डेन्टल एट होपरस् नामक डेन्टल क्लिनिकको उद्घाटन भएको हो ।

भिक्टोरियामा यसअघि नेपालीहरुको डेन्टल क्लिनिक नहुँदा नेपालीहरुले सहज तरिकाले र सुलभ मूल्यमा दाँतको उपचार गर्न पाईरहेका थिएनन्। दांतको उपचार मूल्य अष्ट्रेलियामा विद्यार्थीहरुको इन्सुरेन्सले पनि नपुग्ने किसिमले महँगो छ । यो क्षेत्रमा आफू पेशागत रुपमै लागेतापनि नेपालीहरुले त्यो असहजता भोग्नुपरेका कारण डा. सरोजनी मास्केलाई नेपालीहरुलाई सेवा दिने भावना जागृत भयो।

डा. सरोजनी र उनका श्रीमान राजन मास्केले डेन्टल क्लिनिक खोल्ने निर्णय गरे र जसको परिणाम स्वरुप डेन्टल एट होपरस् नामक डेन्टल क्लिनिक संचालनमा आएको छ । यो क्लिनिक हप्ताको सातै दिन खुल्नेछ भने सेवा पनि सहुलियत मूल्यमा उपलब्ध गराइने मास्के दम्पत्तिले बताए।

क्लिनिकमा नेपालीहरुलाई विशेष प्राथमिताको साथ उपचार र हेरविचार गर्ने प्रतिवद्दता समेत संचालक राजन मास्केले व्यक्त गरे ।

Comments

comments