पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये कोहिनुरले ऐतिहासिक सफलता हासिल गरेको छ । कोहिनुरले अहिलेसम्म साढे नौ करोडको व्यापार गरेको उपत्यकाका वितरक सुनील मानन्धरले बताए ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माणमा आकाश अधिकारी निर्देशित कोहिनुर २३ साउनमा रिलिज भएको थियो । श्रीकृष्णको निधनपछि फिल्मको व्यापार ह्वात्तै बढेको थियो ।

चार सातासम्म देशभरका सात दर्जन बढी हलमा प्रदर्शन भइरहेको कोहिनुरले अहिले पनि उस्तै व्यापार गरिरहेको छ । हाल राजधानीका एक दर्जन हलमा प्रदर्शन भइरहेको फिल्मले विदाको दिन ओभरफुलको व्यापार गर्ने गरेको छ भने अन्य दिन औसत व्यापार गरिरहेको मानन्धरले बताए ।

Comments