एजेन्सी । अष्ट्रेलियाकी २६ वर्षीया याजमिना जेदको तस्बिर यतिबेला भाइरल भइरहेको छ । उनले अनुहारमा रगत पोतेको फोटो भाइरल भएको हो ।

रगत पोतेका फोटो त अरु पनि भारल हुन्थे होला, तर जेदले आफ्नो महिनावारिको समयको रगत अनुहारमा पोतेको भनेर फोटो सामाजिक संजालमा राखेपछि फोटो र भिडियो चर्चामा आएको छ।

रजश्वलालाई हेयको दृष्टिले हेर्ने मानसिकता हटाउनका लागि उनले उठाएको यो कदमप्रति मानिसहरुले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् । कतिपयले उनको प्रसंसा गरेका छन् भने कतिपयले उनलाई मानसिक रोगी सम्म भन्न भ्याएका छन्।

महिनावारि कुनै लजाउनुपर्ने कुरा नभई महिलाको शरीरको एक अनिवार्य चक्र भएको कुरा सबैलाई देखाउनका लागि आफुले त्यस्तो कदम उठाएको जेदले बताएकी छिन्।

Comments

comments