एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण सुन्दर नायिका मध्येमा गनिन्छिन् । सन् २००७ मा बलिउडमा पाइला टेकेर हलिउडसम्मको यात्रा तय गरिसकेकी दिपिकाको अनुहार मात्र नभएर शरीर पनि उत्तिकै फिट र सुन्दर छ । कसरि फिट रहन्छिन् त् डिम्पल गर्ल दीपिका ?

– ब्याडमिन्टनकी खेलाडी दीपिका आफूलाई फिट राख्न हरेक बिहान ब्याडमिन्टन खेल्ने गर्छिन् । जसले उनलाई स्वस्थ रहनमा पनि मद्दत गर्छ ।
– उनी सँधै जंक फूडबाट टाढा रहन्छिन् ।
– चिल्लो र मसालेदार खाना पनि खादिनन् ।
– ब्रेक फास्टस् २ वटा अन्डा, कम फ्याट भएको दुध र साउथ इन्डियन खानामा उपमा, इडली र डोसा ।
– खानामा २ वटा रोटी, ग्रिल्ड फिस र ताजा हरियो तरकारीका परिकार ।
– साँझको खाजा फिल्टर कफी र ड्राई फ्रुट्स ।
– बेलुकाको खानारोटी, हरियो तरकारी र सलाद ।
– यसबाहेक उनी ताजा मौसमी फल खाने, ताजा फलको जुस पिउने र प्रत्येक दुई घण्टामा नरिवलको पानी पिउने गर्छिन् ।
– रातमा नन भेज खाना खादिनन् ।
– व्यायामको समय दीपिकाको फिटनेश फर्मुलामा कार्डियो, जिम, डान्स र योगा पर्छ ।
– दीपिका हरेक दिन बिहान ६ बजे उठ्ने गर्छिन् ।
– त्यसपछि उनी योगासन, स्टे«चिंग र आधा घण्टा वाक गर्छिन् ।
– योगामा उनले प्राणायाम, ध्यान र विभिन्न आसन गर्ने गर्छिन् । साथै सूर्य नमस्कार पनि उनको योगामा समावेश हुन्छ ।
– शरीरिक क्षमता, शक्ति बढाउन र लामो समयसम्म काममा खटिन मद्दत गर्ने विभिन्न अभ्यासहरू पुसअप, पुलअप, क्रन्चेज र स्क्वायट्स गर्छिन् ।
– उनी एरोबिक, जुम्बा र साल्सा जस्ता डान्स पनि गर्ने गर्छिन् ।
– शरीर तन्काउने खालको व्यायाम उनको वर्कआउटको प्रमुख भाग हो ।

Comments

comments