काठमाडौँ । चर्चित लोक गायिका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवार बनाएको छ ।

वलीलाई एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाका लागि उम्मेदवार बनाएको हो। एमाले स्थायी समितिको बैठकले कोमललाई प्रदेश नम्बर ५ बाट महिलातर्फ राष्ट्रिय सभाको उम्मदेवार बनाउने निर्णय गरेको हो ।

गत मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको एक महिनाअघि मात्रै राप्रपा छाडेर एमाले बनेकी कोमल उम्मेदवारीसँगै राष्ट्रिय सभा सदस्य बन्ने करिब पक्का जस्तै छ । मंसिरको चुनावमा दाङबाट प्रतिनिधिसभामा उठ्न खोजेकी कोमललाई एमालेले टिकट नदिएपछि जिल्लिएकी थिइन् ।

त्यसपछि उनी बागी उठ्न चुनाव प्रचारमा पनि लागेकी थिइन् । तर, एमाले नेता शंकर पोखरेलसहितले मनाएपछि उनी एमाले र माओवादीलाई चुनाव जिताउन देशभर हिँडेकी थिइन् ।

यसैबीच ओली मंगलवार विहान गृह जिल्ला दाङ जाँदैछिन् । बुधवार उम्मेदवारी दर्ताको कार्यसूची रहेकोले उनी गृह जिल्ला जान लागेकी हुन् । हिमालयन कङ्गारुसँग संक्षेपमा टेलिफोन प्रतिक्रिया दिदै ओलीले आफू विजयी भएर राजधानी फर्कने बताइन् ।

Comments