काठमाडौं। चर्चित नेपाली गायन प्रतियोगिताका ‘नेपाल आइडल’को पहिलो संस्करणका फस्ट रनरअप निशान भट्टराईको पहिलो म्युजिक भिडियो ‘आफ्नै छायासंग’ सार्वजनिक भएको छ ।

नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशानको स्वरमा रहेको ‘आफ्नै छायाँसँग’ बोलको गीतमा प्रदिप चापागाईँको शब्द तथा आनन्द राईको संगीत रहेको छ ।

भिडियोमा युवराज वाइबाको निर्देशनमा जेबिका कार्की र अनिल थापाले अभिनय गरेका छन् ।

Comments

comments