एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई रियल मेड्रिडले क्लब छोडेर जाने भए प्रक्रिया सुरु गर्न भनेको छ । ह्याहु न्युज का अनुसार क्लबले फिफा वर्ष खेलाडी रोनाल्डोलाई आउँदो समरमा क्लब छोडेर जान सक्ने बताउंदै प्रक्रिया सुरु गर्न भनेको हो ।

रोनाल्डोलाई अनुबन्ध गर्न उनको पुरानो क्लब म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट–जर्मेन (पिएसजी) इच्छुक देखिँदै आएता पनि म्यानचेस्टर युनाइटेडले आर्सनलका एलेक्स सान्चेजलाई अनुबन्ध गर्ने पक्का भएकाले पिएसजी रोनाल्डोका लागि राम्रो विकल्प हुन सक्नेछ । पिएसजीले रोनाल्डोको पारिश्रमिक अपेक्षा र मैदानको स्पेस पनि पूरा गर्न सक्ने अनुमान गरिएको छ ।

रोनाल्डो र रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबिचको सम्बन्ध पछिल्लो समय राम्रो नरहेको खबर आएका छन् । यसले गर्दा रोनाल्डो रियल मड्रिड छोड्न चाहन्छन् । तर केही दिनअघि रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डो बिनाको रियल मड्रिड कल्पना गर्न नसक्ने बताएका थिए ।

Comments

comments