काठमाडौ,२ असोज । आमाको पहिचानबाट नागरिकता प्राप्त गर्नको लागि युवा सञ्जालले दवाव दिने भएको छ । राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी सञ्जालले दवाबका लागि उदाउँदा १००० एक्यवद्धता नामक अभियान सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रममा आमाको पहिचानबाट नागरिकता प्राप्त गर्नको लागि कम्तीमा एकहजार हस्ताक्षर संकलन गरी संविधानसभामा बुझाउने जानकारी दिइएको छ । संविधान निर्माण प्रकृयामा सार्थक भुमिका खेल्न युवा सञ्जालले युवाहरुलाई जागरुक बनाउनको लागि देशव्यापी अभियान सञ्चालन गर्ने बताइएको छ ।

कार्यक्रममा महिला अधिकारकर्मी सपना प्रधान मल्लले नेपालको नागरिकता लिन योग्य हुनको लागि बाबु र आमा दुवै नेपाली नागरिक हुनु पर्ने प्रावधानले महिलाको पहिचानमा उल्लंघन भएको बताउनुभयो ।

Comments

comments