मेलबर्न। नेपाली विद्यार्थीलाई अष्ट्रेलियन सरकारले केही समय अगाडी सम्मान गरेको थियो । चितवनका यम धिताललाई सरकारले इन्टरनेशनल स्टुडेन्ट अवार्ड २०१७ को उपाधिबाट सम्मान गरेको हो ।

विगत केही वर्षदेखि अष्ट्रेलियामा बसेर अध्ययन गरिरहेका धितालले आफू बस्ने छिमेकी घरमा आगोलागी हुँदा पाँच वर्षे बालकलाई बचाएका थिए भने तत्कालै प्रहरीलाई खबर गरेर आगो निभाउन सहयोग गरेका थिए । उनको यही साहसी र सहयोगी कामको कदर गर्दै सरकारले सम्मान गरेको हो ।

अष्ट्रेलियन सरकारले धिताललाई प्रोत्साहन गर्दै उनको बारेमा डकुमेन्ट्री समेत बनाएको छ । हेर्नुहोस् भिडियो :

Comments

comments