काठमाडौँ । कार्यकाल सकिने बेला खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले स्पेन घुम्ने खर्च मिलाउन मेलम्ची खानेपानी आयोजनालाई दुरुपयोग गरेका छन् ।

कुनै कार्यक्रम नभए पनि मन्त्री यादव एकसाता विदेश भ्रमणका लागि स्पेन जान लागेका हुन् । उनको विदेश भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । स्पेनमा मन्त्री यादवको कुनै औपचारिक कार्यक्रम छैन । युरोप घुमेर फर्कने काममा मेलम्ची खानेपानी योजनाको रकम दुरुपयोग भएको हो । मन्त्री यादव सुरुङ मार्ग निर्माणमा संलग्न कामदार र मजदुरलाई विदेश भ्रमणका लागि छुट्याइएको रकमबाट स्पेन घुम्न जान लागेका हुन् ।

Comments