न्यूजिल्याण्ड । सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको न्यूजिल्याण्डकी प्रधानमन्त्री आर्डनले घोषणा गरेकी छन् ।

सरकारको प्रमुख पदिय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेका घटना विरलै भेटिने गर्दछन् । यसअघि सन् १९९० मा पाकिस्तानको प्रधानमन्त्री हुँदा बेनेजिर भुट्टोले बच्चालाई जन्म दिएकी थिइन् । ३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनेपछि न्यूजिल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी हुन् । सन् १८५६ यता कै उनी कान्छी प्रधानमन्त्री हुन् ।

शुक्रबार आफ्नो सामाजिक सञ्जालमा गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ। प्रधानमन्त्री आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने समेत खुलाएकी छन् । आफूलाई सन् २०१७ महत्वपूर्ण वर्ष रहेको उनले बताएकी छन् । आर्डनको पार्टीले सेप्टेम्बरको चुनावमा दोस्रो स्थान पाएको थियो भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन् ।

साथै उनले गर्भवती भएको ६ हप्ताभर आफू उपप्रधानमन्त्रीसँग सम्पर्कमै रहने र आवश्यकता पर्दा जुनसुकै बेला उपलब्ध हुने उनले एउटा विज्ञप्तिमार्फत बताएकी छन्। आर्डनले आफू प्रधानमन्त्री हुनु ६ दिनअघि आफू गर्भवती भएको थाहा पाएको र त्यो पूर्ण रूपमा अचम्मित पार्ने खालको भएको बताएकी हुन् ।

Comments

comments