काठमाडौं । बलिउड नायक ऋतिक रोशन विश्वकै सबैभन्दा सुन्दर नायक बनेका छन् । ‘वल्र्डस् टप मोस्ट डटकम अनलाइन’ले सार्वजनिक गरेको संसारभरका नायकहरु मध्ये सबैभन्दा सुन्दर १० नायकहरुको सूचीमा ऋतिक पहिलो नम्बरमा आएका हुन् ।

४४ वर्षीय ऋतिकले यो सूचीमा हलिउड नायक रोबर्ट प्याटिन्सन्स, क्रिस इभान्स, नोह मिल्सलगायत अन्य नायकहरुलाई पछि पारेका छन् ।

उक्त सूचीमा बलिउडका अर्का सुपरस्टार सलमान खान पाँचौ नम्बरमा परेका छन् । गत वर्षको लिस्टमा ऋतिक रोशन तेस्रो स्थानमा थिए भने सलमान खान १० औं स्थानमा थिए ।

Comments

comments