काठमाडौं। चर्चित हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । समाचारहरु अनुसार, मनोज र उनकी पत्नी मिनाले दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि आपसी असमझदारीमा सम्बन्धविच्छेद गरेका हुन् ।

२०५३ सालमा प्रेम विवाह गरेका उनीहरु पुस ११ गते अलग भएको बताइएको छ। सम्बन्धविच्छेदपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

Related image

सम्बन्ध विच्छेद गरेलगत्तै उनीहरु आ-आफ्नो काममा फर्कने तयारीमा छन् । मिना बुटिक संचालन गर्छिन् ।

विचारमा भिन्नता आएका कारण अलग भएको भनिएतापनि दुवै जनाले सम्बन्धविच्छेदको कारण खुलाएका छैनन् ।

Comments

comments