मेलबर्न । अष्ट्रेलियाको भिसाको लागि गत १७ जनवरीमा नयाँ दक्ष पेशाको सूची सार्वजनिक गरिएको छ । जसमा पूरानो सूचीमा केही थपिएका छन्, केही हटाइएका छन् र केही मिडियमबाट सर्ट टर्म भिसामा सारिएको छ ।

उक्त नयाँ सूची सार्वजनिक गर्दा सरकारले आगामी मार्चदेखि अकुपेशन लिस्टमा अर्को परिवर्तन गरिने जानकारी दिएको छ । उक्त सूचना अनुसार, रिजनल कम्पनीहरुको सजिलोको लागि आगामी मार्चमा नयाँ रिजनल अकुपेशन लिस्ट सार्वजनिक हुनेछ ।

उक्त रिजनल अकुपेशन लिस्ट नयाँ टेम्पोररी स्किल सर्टेज भिसा संगै सार्वजनिक हुनेछ । मार्चदेखी ४५७ भिसा बन्द भइ टेम्पोररी स्किल सर्टेज भिसा लागु हुने समेत जानकारी दिइएको छ ।

Comments

comments