काठमाडौं । विश्व फुटबल वरियतमा नेपालको वरियाता ६ स्थान सुधार भएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ जनवरी महिनाका लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १ सय ६५औँ स्थानमा उक्लेको हो ।

दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत ३ स्थान सुधार गर्दै १ सय २ औँ स्थानमा उक्लेको छ । यसैगरी ५ स्थान सुधार गरेको माल्दिभ्स १ सय ५०औँ स्थानमा उक्लेको छ । एक स्थान गुमाएको भुटान १ सय ८८औँ स्थानमा झरेको छ भने बंगलादेश १ सय ९७औँ तथा श्रीलंका २ सयौँ स्थानमा यथावत छ ।

उता, विश्व वरियतमा जर्मनी शीर्ष स्थानमा यथावत रहँदा ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो तथा बेल्जियम पाँचौ स्थानमा छन् ।

Comments

comments