एजेन्सी । काजकिस्तानको एक बसमा आगलागी हुँदा ५२ को ज्यान गएको छ ।

बसमा रहेका ५ जना भाग्न सफल भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहीबार बिहान १०ः३०मा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

स्थानीय मिडियाले बसमा उज्बेकिस्तानका नागरिक रहेको बताएका छन् । आपतकालीन व्यवस्थापन अधिकारीका अनुसार आपतकालीन हटलाइन फोन नम्बरको व्यवस्था गरिएको बताएका छन् । बसमा २ ड्राइभर सहित ५५ यात्रु सवार थिए । आगलागीको कारण भने पत्ता लागेको छैन ।

Please follow and like us:

Comments