काठमाडौं । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहिबार स्वदेश फर्किनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीका बिषयमा आफुहरुको सहमति नरहेको बताएका छन् ।

नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककबाट स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

सरकारले एकल ढङ्गले लिएको स्वःनिर्णय गठवन्धनलाई मान्य नहुने बताएका छन्। ओलीले भने, “सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिएको हाे, तर व्याक्ति र स्थानका बिषयमा कुनै सहमति छैन ।”

जनादेश गुमाएको सरकारले जनताको भावना विपरित आफु निकटका मानिसहरुलाई ल्याएर प्रदेश प्रमुख तोकेको र बिना सहमतिका स्थानमा चिन्ह लगाए जस्तो गरी प्रदेश मुकाम तोकेको प्रति आक्रोश व्यक्त गरे ।

अब बन्ने सरकारले उपयुक्त समयमा उपयुक्त निर्णयलिने समेत ओलीले बताए । सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको तर प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको उनले बताए । प्रदेशसभाले “अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।” उनले भने ।

Comments

comments