मेलबर्न । पर्थ हुँदै मेलबर्नबाट सिड्नीतर्फ अघि बढेको तातो हावाका कारण सिड्नी र क्यानबेराको तापक्रम आजबाट अत्यधिक बढ्नेछ । मौसम विभागले आजबाट सोमबारसम्म अत्यधिक गर्मी हुने बताएको हो ।

द डेली टेलिग्राफका अनुसार आजबाट यी स्थानमा पांच दिनसम्म तापक्रम बढेर ३० देखी ३५ र सबअर्बमा ४३ डिग्रीसम्म पुग्ने बताइएको छ । मंगलबार देखि तापक्रम अत्यधिक रुपमा नबढेतापनि गर्मी भने यथावत रहने आंकलन गरिएको छ ।

मौसम विभागले न्यूसाउथवेल्स र अष्ट्रेलियन क्यापिटल टेरेटोरीका बासिन्दाहरुलाई सावधानी अपनाउन र आवश्यक परेको समूदायका सदस्यहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।

तस्बिर स्रोत

Comments

comments