मेलबर्न । अष्ट्रेलियामा चर्चित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’ प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकहरुको अत्यधिक माया बटुलेको चलचित्र अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन हुन लागेको हो ।

आगामी ४ फेब्रुअरीमा हुने प्रिमियर शोको लागि प्रवेश शुल्क २५ डलर राखिएको छ । यति फुटबल क्लब र ग्रेस इन्टरनेशनलको सहकार्यमा आयोजित प्रिमियर शो चाइना टाउन सिनेमा हल सिटिमा दिउसो २:३० बजेदेखि सुरु हुनेछ ।

नेपालमा राम्रो कमाइ गर्न तथा दर्शकको माया बटुल्न सफल भएको फिल्म ‘ म यस्तो गीत गाउँछु’ को निर्देशन सुदर्शन थापाले गरेका छन् भने पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ। यस फिल्मका गीतहरु पनि निकै हिट भएका छन्।

Comments

comments