एजेन्सी । क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोड्न चाहेको समाचार केही समयदेखि संचारमाध्यमहरुमा छाएको छ। स्पेनिस ला लिगा क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने रोनाल्डो क्लबमै रहने बताएका छन् । रोनाल्डोले रियल मड्रिड छोडेको कल्पना गर्नै नसक्ने बताउंदै उनी क्लबमै रहने बताएका हुन् ।

हालसम्म च्याम्पियन्स लिगका ६ खेलमा ९ गोल गरेका रोनाल्डोले ला लिगाका १४ खेलमा चार गोल गरेका छन् । पाँचौँ पटक बालोन डी’ओर जितेका रोनाल्डोले रियलसँग सन् २०२१ सम्मको सम्झौता गरेका छन् । उनले रियललाई क्लब वर्ल्ड कपको उपाधि जिताउने क्रममा ग्रिमिओसँगको खेलमा विजयी गोल गरेका थिए । रोनाल्डो सन् २००९ मा ८० मिलियन पाउण्ड (त्यसबेलाको कीर्तिमानी रकम) मा रियल आएका हुन् ।

उनले अहिलेसम्म रियलबाट चार सय १८ खेलमा चार सय २२ गोल गरेका छन् । तर उनले लिगका पछिल्ला तीन खेलमा गोल गर्न सकेका छैनन् । जिदानले रोनाल्डोको क्लबमा स्थान पहिले जस्तो थियो अहिले पनि उस्तै रहेको र उनलाई क्लब तथा फ्यान सबैले माया गर्ने बताएका छन् ।

Please follow and like us:

Comments