काठमाडौं । तामाङ समुदायमा प्रमुख चाड सोनाम ल्होसार आज हर्सोल्लासका साथ मनाइदैछ ।

आजदेखि २८५४औं वर्ष प्रवेश गरेको अवसरमा विशेष सांस्कृतिक महत्वका साथ यो चाँड मनाइन्छ । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । प्रकृतिप्रेमी तामाङ समुदायले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्नेगर्छन् ।

आज छोरीचेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ । कतिपय ठाउँमा जातअनुसारका गाउँका लामा र मुखियाको उपस्थितिमा सबै एकै ठाउँमा भेला भई नाँचगानका साथ रमाईलो पनि गरिन्छ ।

यसरी गाईने र नाचिने गीतहरूलाई ’तामाङ सेलो’ भनिन्छ । विक्रम सम्वत् २०६४ सालयता सोनाम ल्होछारलाई राष्ट्रिय चाँडका रुपमा नेपाल सरकारले सार्वजनिक विदा दिदै आएको छ ।

Comments