मेलबर्न । नेपालबाट अष्ट्रेलियाको भिक्टोरियामा आएर बसोवास गरिरहेका महिलाहरुको सक्रिय संगठन हो , ‘दिदीबहिनी समाज भिक्टोरिया’ । यस संगठनले विगतका वर्षहरुमा जस्तै गत वर्ष २०१७ मा पनि उल्लेखनिय कार्यहरु गरेको छ । ती कार्यहरु तथा उपलब्धीहरुको बारेमा जानकारी दिंदै दिदीबहिनी समाजले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

Image may contain: 7 people, people smiling, indoor

उक्त प्रतिवेदन अनुसार, दिदीबहिनी समाजले गत वर्ष मेल्टन र जिलोंगमा आफ्ना कार्यक्रम विस्तार गर्न सफल भयो भने संस्थालाई अझ सशक्त बनाउन संगठनको लागि सल्लाहकार समिति समेत गठन गर्यो ।

Image may contain: 35 people, people smiling, people sitting, people standing and indoor

नेपाली समुदायको आफ्नै सामुदायिक भवन निर्माणको लागि सहयोग रकम संकलन गर्न गत डिसेम्बरमा आयोजना गरिएको मेलबर्न सप्ताहमा दिदी बहिनी समाजले गरेको स्वयंसेवकको भूमिका र योगदान उदाहरणीय रह्यो । गत वर्ष नै युनाइटिंग चर्चको साझेदार बनेको यस संगठन एमसीसीमा मानव अधिकार तथा लैंगिक समानता सम्बन्धि कामको हिस्सा बन्यो।

Image may contain: 10 people, people smiling, people standing

नेपाली संस्कृति संरक्षण तथा प्रबर्द्धनको लागि समेत पहल गर्ने दिदीबहिनी समाजले गत वर्ष नेपाली पर्वहरु तीज, दशैं र देउसी भैलो सहितको तिहार पर्व भव्यताका साथ मनायो।

Image may contain: 14 people, people smiling, people sitting, living room and indoor

त्यस्तै लैंगिक समानताको लागि यस सङ्गठनले अन्तर्राष्ट्रिय महिला दिवस, नेपाली महिला कल्याणकारी कार्यक्रम,हिंसा रहित सप्ताहको टि-शर्ट पेंटिंग, महिला हिंसा विरुद्ध सोह्र दिने अभियान लगायतका कार्यक्रम गर्यो।

Image may contain: 2 people, people sitting

स्वास्थ्य र मनोरन्जन पनि जीवनको अभिन्न अंग हो भन्ने सोंचका साथ यस संगठनले गत वर्ष ४२ हप्ताको योगा कार्यक्रम, २० हप्ताको नृत्य कक्षा, मानसिक तथा आध्यात्मिक शान्तीको लागि छोटो भ्रमण, पिकनिक, मदर’स डे डिनर आउट लगायतका कार्यक्रमहरु गर्यो ।

Image may contain: 2 people, people smiling, crowd and outdoor

प्रत्येक महिलाले आफ्नो जीवनमा आउने चुनौतीलाई कुनै डरबिना सामना गर्ने प्रयास गर्नुपर्छ भन्ने मान्यता राख्ने दिदीबहिनी समाजले आगामी दिनको लागि ग्लेंरोय लाइब्रेरी पार्टनरशिप कार्यक्रम, महिलाहरुको क्षमता वृद्धिको लागि रिच द स्काई कार्यक्रम, पोषण सम्बन्धि कार्यक्रम लगायतका कार्यक्रमहरु गर्ने योजना अगाडी बढाएको छ ।

Image may contain: 18 people, people smiling, tree, child, outdoor and nature

Comments

comments