काठमाडौं । लोकप्रियताको शिखरमा रहेका नेपाली चलचित्र अभिनेता प्रदीप खड्का र नवअभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लिलिबिली’ को पहिलो गीत सार्वजनिक भएको छ ।

स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीत ‘इज ईट लभ?’ मा प्रदीपले डेब्यू अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् ।

गीतमा नेपाल आइडलमा तेस्रो भएका प्रताप दास र गायिका मेलिना राईको युगल स्वर रहेको छ स्वर दिएका छन् । एलिस कार्कीले संगीत भरेको गीतलाई राजेशकुमार श्रेष्ठले लेखेका हुन्। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

Please follow and like us:

Comments