सिड्नी। अष्ट्रेलियाको सिड्नीमा मजदुरहरुको आन्दोलनका कारण रेल नचल्ने भएका छन् । मजदुरहरुले यातायातमन्त्रीको व्यवहार गैर जिम्मेवार भएको भन्दै २४ घण्टा कुनै पनि काम नगर्ने घोषणा गरेका हुन् ।

मजदुरहरुले गरेको घोषणा अनुसार यही महिनाको २९ तारिखका दिन उनीहरुले २४ घण्टासम्म कुनै पनि काम गर्ने छैनन् , जसका कारण त्यो अवधिभर रेल चल्ने छैनन् । मजदुरहरुले आफ्नो तलबमा ६ प्रतिशत वृद्धिको माग समेत गरेका छन् ।

न्युसाउथवेल्स युनियनका सचिव एलेक्स क्यासेन्सले सामान्य हिसाबले माग राख्दा मन्त्रीले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन् । संचारमाध्यमहरुसंग कुरा गर्दै उनले आफूहरुको उद्देश्य सर्वसाधारणलाई दु:ख दिनु नरहेको समेत स्पष्ट पारेका छन्।

Comments