एजेन्सी, २ असोज । युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा बायर्न म्युनिख, बार्सिलोना र एएस रोमा विजयी भएका छन् ।

जर्मन क्लव बायर्न म्युनिखले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई १ – ० ले हराँउदा स्पेनको बार्सीलोनाले साईप्रसको एपोईल निकोसीयालाई १ -० ले नैं पराजित र्गयो ।

गएराती इंग्लीश क्लव चेल्सीले भने जर्मनीको शाल्कासँग १ १ गोलको बराबरी खेलेको छ । ईटालीको ए एस रोमाले रुसको सि एस के ए मस्कोलाई ५- १ ले हराँउदा पोर्चुगलको एफ सी पोर्टाेले बेलारुसको बाते बोरीसोभलाई ६ – ० ले हराएको छ ।

गएराती नेदरल्याण्ड्सको आयाक्सले फ्रान्सको पिएस जीसँग तथा स्लोभेनियाको मारीबोरले पोर्चुगलको स्पोर्टीङ लिस्बनसँग १- १ गोलको बराबरी खेले । स्पेनको एथ्लेटिक बिल्बाओले युक्रेनको शख्तर डोनेत्स्कसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

Please follow and like us:

Comments