काठमाडौं । नेपाली सेनाले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आफैँले बनाउने जनाएको छ ।

सेनाले पत्रकार सम्मेलन गरेर भारतीय डिपिआर नलिएर आफैँ बनाउने बताएको हो ।

भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर अस्वीकार गर्दै सेना आफैँले द्रुतमार्गको डिपिआर बनाउने घोषणा गरेको हो ।

आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले डिटेल इन्जिनियरिङ गर्न आव्हान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डिपिआर तयार गरिने जानकारी दिए ।

लामो विवादका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकारले २१ वैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

भारतीय कम्पनीले बारम्बार आफ्नो डिपिआर किन्नु पर्ने शर्त राखेकाले शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएको डिपिआर किन्ने निर्णय गर्दै सेनालाई अध्ययन गर्न भनेको थियो ।

नेपाली सेनाले अध्ययन गर्दै डिपिआर पूर्ण नभएको र भारतीय कम्पनीले प्रस्तावित गरेको मूल्यमा असहमत हुँदै आफैँ बनाउने निर्णय गरेको हो ।

सेनाले भनेको छ, ‘अध्ययनक्रममा डिपिआर पूर्ण छैन र भारतले भनेको मूल्य दिन पनि सकिँदैन ।

Comments

comments