रिक्त संवैधानिक निकायहरुले आज पूर्णत पाउँने भएको छ ।

त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाको अग्रसरतामा संवैधानिक परिषदको बैठक अहिले बस्दैछ । सिंहदरवारमा जारी बैठकले तीन संवैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्नेछ ।

प्रधानमन्त्री सुशील कोइराला १४ दिन लामो विदेश भ्रमणमा जान लाग्नु भएकोले आजै परिषदको बैठक राखेर तीन वटै संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्न लागिएको हो । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अमेरिका जाने र असोज १६ मा मात्र स्वदेश फर्कने कार्यक्रम छ ।
मानव अधिकार आयोगमा पुरै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन आयुक्त र लोकसेवा आयोगमा दुई सदस्य पद रिक्त भएको लामो समय भइसकेको छ ।

Comments

comments