काठमाडौं । हिन्दि टेलिभिजन च्यानल कलर्सबाट आउने बिग बोस को ११ औं सिजनको विजेता शिल्पा शिन्ड़े बनेकी छिन् । उनले हिना खानलाई पछि पार्दै विजेताको ट्रफी जित्न सफल भएकी हुन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार आजको फाइनल कार्यक्रममा पुनिश चौथो, विकास गुप्ता तेस्रो, हिना खान दोश्रो र शिल्पा शिन्ड़े पहिलो बनेका छन्।

बिग बोसको यो सिजनमा शिल्पा शिन्ड़े र हिना खान बीच कडा प्रतिस्पर्धा देखिएको थियो। बिग बोस भित्र ‘मास्टर माइन्ड’ नाम पाएका विकास गुप्ताले पनि यी दुई टेलिभिजन अभिनेत्रीहरुलाई कडा टक्कर दिरहेका थिए । विकास गुप्ता पेशाले टेलिभिजन कार्यक्रम प्रोड्युसर हुन् ।

बिग बोसका सिजनहरुलाई चर्चित सुपरस्टार सलमान खानले होस्ट गर्दै आएका छन् ।

Comments