मेलबर्न । नेपालीहरुको जाडो महिनामा आउने ठूलो चाड माघे संक्रान्ती नेपालमा भोली मनाइदैछ । यो पर्व विशेष गरि नेपालको सुदुर पश्चिम क्षेत्रमा धुमधामका साथ मनाउने गरिन्छ । उक्त क्षेत्रबाट आएर अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गरिरहेका नेपालीहरुले सुदुर पश्चिमेली समाज भिक्टोरियाको आयोजनामा यहाँको दैनिक जीवनशैलीको अनुकुलता मिलाएर आज आइतबार माघे संक्रान्ति पर्व मनाएका छन्।

आफ्नो मौलिक संस्कृति तथा पहिचान देउडा नाच नाचेर सुदुर पश्चिमेलीहरुले आफ्नो गाउँमै माघे संक्रान्ति मनाए जसरि रमाइलो गरे भने अष्ट्रेलियाको विशेष मानिने बार्बिक्यु पार्टी समेत गरे । कार्यक्रममा शुभकामना आदान-प्रदान समेत गरिएको थियो ।

कोबर्ग लेक पार्कमा गरिएको कार्यक्रममा विभिन्न संघ-संस्था तथा समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले नेपालकै झल्को दिने गरि माघे संक्रान्ति पर्व मनाउन पाउँदा र अष्ट्रेलिया रहेर पनि संस्कृतिको संरक्षण गर्ने कार्यक्रमको हिस्सा बन्न पाउँदा खुशी लागेको बताउंदै आयोजक प्रति आभार प्रकट गरे ।

उक्त माघेसंक्रान्ति कार्यक्रममा सहभागीहरुको लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो र आयोजक समाजले इच्छुक सम्पूर्णलाई कार्यक्रममा सहभागी हुनको लागि सार्वजनिक रुपमा निमन्त्रणा दिएको थियो।

Comments

comments