मेलबर्न । प्रवासी नेपाली मञ्च ओनएफ भिक्टोरिया राज्य समितिको आगामी सम्मेलनकालागि आयोजक समिति गठन गरिएको छ ।

आइतवार मेलबर्नमा बसेको वैठकले उत्तम अधिकारीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरेको हो । वैठकले आगामी ४ महिनाभित्र उपर्युक्त समय छनौट गरि सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

वैठकपछि हिमालयन कङ्गारुसँग छोटो कुराकानी गर्दै संयोजक अधिकारीले सम्पूर्ण प्रवासी नेपालीहरुको विश्वास जित्दै आएको ओएनएफ भिक्टोरिया राज्य समितिलाई अझ चुस्त र गतिशील बनाउँदै लैजाने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

Comments

comments