काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता पौडेल उपचारको आइतबार दिल्ली गएकी छन् ।

सुगर, प्रेसर र थाइराइड पीडित सीता स्वास्थ्य चेक जाँचको लागि छोरी रेणु दाहालसहित दिल्लीको मेदान्त अस्पताल पुगेकी हुन् । उनको केही महिना अघि बैंककमा उपचार गरिएको थियो ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाका अनुसार सुगर, प्रेसर र थाइराइड बढ्दै गएपछि सीतालाई बोल्न र हिड्डुलमा समस्या भएको छ । छोरा प्रकाशको आकस्मिक निधनपछि भएको चिन्ताले सीताको स्वास्थ्य बिग्रिएको छ ।

Comments

comments