एजेन्सी । अमेरिकको हवाई प्रान्तका एक कर्मचारीको लापरबाहीले क्षेप्यास्त्र आक्रमणको गलत सूचना प्रवाह हुँदा त्रास फैलिएको छ ।

हवाई प्रान्तका स्थानीको मोबाइलमा क्षेप्यास्त्र आक्रमण हुन लागेको र त्यो सूचना कुनै पूर्व तयारी अभ्यासका लागि नभइ वास्तविक आक्रमण हुने भन्ने सूचना पाएपछि स्थानीय त्रसित भएका हुन् ।

मोबाइलमा सूचना प्राप्त हुना साथ सुरक्षाका लागि कोही घर भित्र लुकेका र कोही सरकारी सहयोगका लागि निस्किएका थिए । तर, सूचना प्रवाह भएको केही समयमा नै प्रान्तिय सरकारले आफ्नै एक सरकारी अधिकारीका कारण गलत सूचना प्रवाह भएकोका क्षमा मागेपछि स्थिती सामान्य बनेको थियो ।

प्रान्तिय गर्भनर डेभिड इजले क्षमा माग्दै आफ्नै एक सरकारी अधिकारीले गलत बटन थिचेका कारण त्यस्तो सूचना स्थानीयमा पुगेको र त्यसको पूर्ण छानवीन हुने बताएका छन् ।

Comments

comments